नियम २२
चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्ने
(१) नियम २० बमोजिम दिइएको चालक अनुमतिपत्रमा उल्लिखित सवारीका अतिरिक्त अन्य कुनै सवारी समावेश गराउन चाहेमा चालकले ऐनको दफा ५५ बमोजिम समावेश गराउन चाहेको सवारीको किसिम खुलाई अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–१७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा ५५ बमोजिमको कार्यविधि अपनाई दरखास्तवालालाई पहिले दिएको अनुमतिपत्रमा उल्लिखित सवारीको अतिरिक्त निजले समावेश गराउन चाहेको सवारी
समावेश गरी नयाँ चालक अनुमतिपत्र दिनेछ ।